राेजगारिकाे अवसरका लागि दमकमा रोजगार मेला हुने , फारम भर्न यसरी सकिने

0
396

दमक / दमक उद्योग वाणिज्य संघले यहि असार ९ गते रोजगार मेला सञ्चालन गर्ने भएको छ ।

दमक नगरपालिकासँगको सहकार्यमा अन्य मेलाहरु भन्दा भिन्न ढंगबाट कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । मंगलबार आयोजीत पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल श्रेष्ठले बेरोजगार युवा र रोजगारदाताहरु विच साझा थलोको रुपमा उपयोग हुने गरि मेला आयोजना गर्न लागिएको बताए ।

मेलाबाट बेरोजगारीको अवस्था, रोजगार बजारले खोजेको जनशक्ति, सम्भावना, अवसर जस्ता विषयमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । रोजगार मेलामा ठुला रोजगारदाता समेत रहेका उद्योग संगठन मोरङ्का उपाध्यक्ष भोलेश्वर दुलाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ,, महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल तथा अन्य पौरखी युवाहरुले रोजगारीको अवस्था र सम्भावनाकारेमा प्रकास पार्ने बताईएको छ ।

यस्तै दमक नरपालिका प्रमुख राम थापा, उपप्रमुख रेगीना प्रसाईले पनि रोजगारी सिर्जना र प्रवद्र्धनमा स्थानीय सरकारको भुमिकाका बारेमा धारणा राख्ने कार्यक्रम संयोजक भरत चम्लागाईले जानकारी दिए । यस्तै राष्ट्रिय पुरस्कार प्राप्त दमककै कृषि उद्यमी सुदिप गौतमले पनि कार्यक्रममा आफ्नो अनुभव सुनाउने कार्यक्रममा बताईयो ।

कार्यक्रम सम्पन्न गर्न प्रचार समिति, समारोह व्यवस्थापन समिति, अतिथी सत्कार समिति, चियापान समिति, अन्तरक्रिया तथा प्रतिवेदन समिति समेत बनाईएको आयोजक समितिको सचिवालय समितिका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

अनलाइन फारम भर्न तलको लिंक मा थिच्नु होला ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here