Sunday, May 28, 2023
Homeप्रदेशदमक स्काउटका पदाधिकारी तथा बिद्यार्थिहरुलाई यसरी गरियो दिक्षित, मेयर उपमेयर दुवै...

दमक स्काउटका पदाधिकारी तथा बिद्यार्थिहरुलाई यसरी गरियो दिक्षित, मेयर उपमेयर दुवै स्काउटकाे पाेशाकमा

दमक /  दमक नगरनगर स्काउट तदर्थ समितिको संयोजनमा आज नगर प्रमुख, उप प्रमुख सहित बिद्यार्थिहरुलाई दिक्षित गरिएको छ ।

नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उप प्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईं सहित नगर भित्रका स्काउट सञ्चालन रहेका बिद्यालयका ५ सय भन्दा धेरै बिद्यार्थिहरुलाई एकै साथ सपथ खुवाएर दीक्षित गरिएको हो ।

दमक नगर स्काउट संरक्षक नगर प्रमुख थापा र नगर स्काउट प्रमुख नगर उप प्रमुख भट्टराईलाई प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले सपथ ग्रहण गराएका थिए ।

त्यस पछि दमक नगर स्काउट सदस्य सचिव नगरका शिक्षा अधिक्रित दिनेश न्यौपानेलाई नगर स्काउट प्रमुख भट्टराईले सपथ गराएकी थिइन् भने दिक्षित बिद्यार्थिहरुलाई स्काउटकी राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सपथ गराकी थिइन्।

अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त १ विद्यालय १ स्काउट दलको नीति कार्यान्वयनकालागि दमक नगरका सबै बिद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भैरहेको स्काउट दमक नगर तदर्थ समिति सम्योजक ओम आचार्यले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments