खुल्ला महिला भलिवलमा दमक बिजयी

0
95

दमक / दमकको महिला भलिवल टिमले सुनसरीको धरानमा सम्पन्न भएको खुल्ला महिला भलिवल प्रतियोगिताको प्रथम उपाधि जितेको छ ।

अाइतबार भएको फाईनल खेलमा सुनसरी महिला भलिबल क्लबलाई पराजित गर्दै दमकले फाईन उपाधि चुमेको हो ।
दमक महिला टिमले जितेको प्रथम ट्रफि आज दमक नगर प्रमुख र उप प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

नगरपालीकामा नगर भलिवल बिकाश उप समितिले संक्षिप्त कार्यक्रम गरि उक्त ट्रफि खेलाडीहरुले नगरपालीकालाई हस्तान्तरण गरेका हुन । दमक महिला भलिबल टिम क्याप्टेन नेगीसा गौतमले नगर प्रमुख राम थापालाई उक्त ट्रफि हस्तान्तरण गरेकी हुन् । समिति अध्यक्ष तेजु धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापा, उप प्रमुख रेगिना भट्टराई र प्रमुख प्रशासकिय अधिक्रित शशी राईले खेलको क्षेत्रबाट नगरको नाउँ राखेको खेलाडीहरुलाई धन्यबाद दिएका थिए । आगामी दिनमा नगरपालीकाले भलिबल खेलको बिकाशलाई प्रथमिकतामा राखेर कार्यक्रम बनाउने समेत सो अवसरमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा भलिबल खेलका अन्तर्राष्ट्रीय खेलाडी भिस्मराज उप्रेती, नगर भलिबल बिकाश समिति उपाध्यक्ष प्रेम बाँस्तोला, सचिव राजु श्रेस्ठ लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here