बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत वैदेशिक रोजगार

0
122

शिवसताक्षी । झापाको शिवसताक्षीका बिपन्न परिवारका बेरोजगार युवाहरुलाई शुन्य लागत शु्ल्कमा वैदेशिक रजगारमा पठाइने भएको छ ।

नेकपा ¬(एकीकृत समाजबादी.)शिवसताक्षी नगर अध्यक्ष नबिन इजमको पहल तथा बागमती प्रदेश कमिटी सदस्य कमल सापकोटाको समन्वयमा नगरका ४ सय जना बेरोजगार युवाहरुलाई सुन्य लागतमा मलेशिया पठाउन झिलझिलेमा अन्तरबार्ताबाट छनौट प्रक्रिय शुरु गरिएको छ । असार ३ गते र ४ गते अन्तरबार्ता भएको छ । उक्त अन्तरबार्ताबाट छनौट भएका युवाहरु मलेशिय स्थीत जोरबारुमा रहेको मेइबन कम्पनी र जेसिवाई कम्पनीमा औद्योगिक कामदारको रुपमा पठाइने जनाइएको छ । उनिहरुलालई १५ सय मलेशियन रिंगट र आवास लगायतका सेवासुबिधाहरु प्राप्त हुने काठमण्डौ स्थीत इन्टरनेशनल मेनपावर कम्पनीका म्यानेजर मिनबहादुर सुनारले बताएका छन ।

स्वादेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेकोले युवाहरुलाई बिदेशमा पठाएर भए पनि आर्थिक आर्जन गर्न सकुन भन्ने उदेश्यले बिदेश पठाउन लागिएको नेपका एसका नगर कमिटी अध्यक्ष नबिन इजमले जानकारी दिए । उनका अनुसार इच्छुक युवाहरुलाई अन्तरबार्तामा सहभागि गराई छनौट गरि काठमाण्डौमा फाइनल अन्तरबार्ताकको लागी पठाइने छ । फाइनल अन्तरबार्ता र मेडिकल फिट भएका युवाहरुलाई एक महिनाको अवधीमा बिना शुल्क श्रम गन्तब्य मुलुक मलेशिया पठाइने र उनिहरु आद्योगिक कामदारको रुपमा प्रयोप हुने जनाइएको छ । गरिबी र बेरोजगारीलाई न्यनीकराण गर्नको लागी ऋण गरेरै भए पनि बिदेशिन बाध्य हुनु पर्ने अवस्थामा शुन्य लागतमा श्रम गन्तब्य मुुलुक जान पाउने भए पछि युवाहरु हर्षित भएका छन ।

स्वदेशमा रोजगारको अवसर छैन महङगीले जनताको डाड सेकी सक्यो, आम्दानीको श्रोत छैन , भएको खेतीबाट समयमा नै मल बिउ नपाउदा खान पनि द्यौ द्यौ हुन्छ ,त्यसैले बिदेशिनुको बिकल्प नभएको शिवसताक्षी ८ का युवा सुवास सेर्मा बताउछन । उनि आफुले पनि मलेशिया जानको लागी अनतरबार्ता दिइ सकेको बताए । यसरी हामी जस्तो गरिब र बेरोजगार युवाहरुलाई शुन्य लागतमा कमाउने बातवरण सिर्जना गराएकोमा नबिन इजमको टिमलाई आभार ब्यतm समेत गरेका छन । यसरी बिदेशिनको लागी शिवसतक्षी लगायत छिमेकी जिल्ला र छिमेकी पालीकाबाट पनि युवाहरु अन्तरबार्तामा सहभागि भएको जनाइएको छ ।उर्जाशिल युवाहरु बिदेश पलायन हुनुु देशको बिडम्बना हो । बिदेशिनु कसैको रहर होइन बाध्यता भएको छ । यस तर्फ सरोकार निकायहरुको ध्यान जान जरुरी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here