प्रदेश १ काे बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

0
80

विराटनगर /  प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ। सरकारका तर्फबाट बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन गरेको हो।

प्रदेश सरकारले आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख र राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुने अनुमान गरेको छ। प्रदेश सरकारलाई संघबाट वित्तीय समानीकरण अनुदानमार्फत् ९ अर्ब ८२ लाख र ससर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदान ९२ करोड र विशेष अनुदानमार्फत् ४७ करोड ५० लाख प्राप्त हुने मन्त्री आङ्बोले बताए।

प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ९० करोड रूपैयाँ विनियोजन गरेको उनको भनाइ छ। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन्। चुनावी सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि पनि ९० करोड नै विनियोजन गरेको हो। सो रकम स्थानीय तहमार्फत खर्च हुनेछ। प्रत्येक सांसदले १-१ करोड खर्च गर्न पाउने छन्। त्यसमा प्रदेश सांसदहरूको भूमिका समान हुने घोषणा सरकारले गरेको छ।

3-1 Final Budget Speech 2079

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here