सुदर्शन सहकारीको दमक शाखा औपचारिक उद्घाटन 

0
246

दमक / मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा औपचारिक रुपमा आईतबार बाट सेवा केन्द्र जेसिज चोक उतरमा सन्चालनमा ल्याएको छ।

मोरङमा उत्कृष्ट सहकारीका रुपमा स्थापित रहेको सहकारीले आफ्नो शाखा औपचारिक रुपमा उदघाटन गरेको हो । सस्थाका अध्यक्ष गोपाल भटराई ,संचालक समिती र शेयर सदस्यको उपस्तिथिमा शाखा उदघाटन गरिएको थियो ।

यस अघि संस्थाले मोरङमा पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । संस्थाले २०८७ वैशाख १२ देखि कारोबार सुरु गरेको भएपनि सेवा केन्द्रको औपचारिक उदघाटन भने आज गरिएको हो।

मोरङ बाहिर पहिलो सेवा केन्द्र रहेको शाखा बाट ४ करोड बढीको कारोबार रहेको छ भने शेयर पूँजी ८० लाख रहेको छ शाखाले १ हजार बढी सदस्यलाई सेवा दिँदै आएको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पाैडेलले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here