पत्रकार मञ्च दमकको अध्यक्षमा कमन देवान

0
163

 

दमक / पत्रकार मञ्च दमकको १२ औं साधारण सभा तथा आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमकको सभाहलमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले गरेकी हुन् । कार्यक्रममा दमक ८ का वडा अध्यक्ष दिपेश दाहाल, मञ्चका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार गंज बहादुर दाहाल, उर्लाबारी सञ्चार क्लबका अध्यक्ष नवराज भट्टराई नेपाली कांग्रेसका युवा नेता रोशन विष्ट पत्रकार महासंघ झापाका सचिव डिकेश लामा लगायत को उपस्थिति रहेको थियो ।

उक्त साधारण सभाबाट प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष कमन देवान मञ्चको अध्यक्षमा चयन भएका छन् ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा गीता ढुङ्गाना, सचिवमा उमनाथ भण्डारी, सह सचिव धन बहादुर थेवे, कोषाध्यक्षमा जीवन चुडाल कार्य समिती सदस्यहरुमा सृष्टि गुरागाई,दिलिप घिमिरे, टिकाराम विस्वकर्मा सविना राई,डिल्लीराम मुक्साहाङ र गंगामाया चयन भएका हुन्।

साधारणसभाले मञ्चमा दुईवटा विभाग पनि गठन गरेको छ । जसमा अनुशाषन आयोग र लेखा आयोग रहेका छन् ।

अनुशाषन आयोगको संयोजकमा गोपाल झापाली रहेका छन् भने २ सदस्यमा सेसेमि नाल्बो र छविलाल दवाडी रहेका छन् ।

यता लेखा आयोगको संयोजकमा सान नेपाल संयोजक रहेका छन् भने सदस्यमा सङसम माङथुङ र  लक्ष्मी अधिकारी चयन भएको निर्वाचन अधिकृत लक्ष्मी निरौलाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here