बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्री देउवाकाे आग्रह

0
172

काठमाण्डाै – प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न विश्वविद्यालयहरूलाई आग्रह गरेका छन् ।

काठमाण्डाै विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरूको रूचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म देशमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति देशको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । समारोहमा विभिन्न अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका नेपालसहित विभिन्न देशका गरी एक सय ५७ देशका एक हजार सात सय १५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here