Sunday, May 28, 2023
Homeप्रदेशदमकमा एमाले उम्मेद्वार घर दैलोमा

दमकमा एमाले उम्मेद्वार घर दैलोमा

झापा, नेकपा एमालेका तर्फबाट दमक नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको टोलीले घरदैलो अभियानलाई तिब्र पारेको छ ।

नगर प्रमुखका उम्मेद्वार गिता अधिकारी र उपप्रमुखका उम्मेद्वार अम्बिका खनाल सहितको टोलीले अाज दमक १ मा घर दैलो कार्यक्रम गरेकाे छ ।

वडा अध्यक्षका उम्मेद्वार हरी प्रसाद न्याैपाने, सदस्यका उम्मेद्वार रघुविर बुढाथाेकी, राजकर्ण राई, दलित महिला सदस्यका उम्मेद्वार नबिना माेहरा, महिला सदस्यकी उम्मेद्वार तारा खप्तरी सहितको टोलीले आज वडाका बिभिन्न स्थानमा घरदैलो गरेको हो ।

कार्यक्रममा दमक नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी अधिकारीले नेकपा एमालेसँग विकासका योजना र सम्बृद्ध दमक बनाउने खाका रहेको बताइन् । उनले दमक १ काे पुर्वि सिमानामा पर्ने रतुवा खाेलाकाे तट बन्धनकाे काम सुरूभएकाे जानकारी गराइन् ।

यस्तै उपप्रमुख पदका उम्मेद्वार अम्बिका खनालले आम नागरिकले प्रत्याभूत गर्ने गरि विकास एमालेकै नेतृत्वमा मात्रै सम्भव भएको बताए । उनले चाडै अब्यवस्थित बसाेबास समस्या समाधन हुने बताए ।

वडा अध्यक्षका उम्मेद्वार न्याैपानेले नगरको समुन्नति र सबै क्षेत्रको विकासका लागि उम्मेद्वारी रहेको बताए । उनले वडाकाे बाकी रहेका  बाटाे लाइ स्तारउन्नती गर्ने लगायतका याेजना सुनाए  । यस्तै दमक ५, दमक ६ दमक २  मा समेत प्रमुख र उपप्रमुखका उम्मेद्वारले घर दैलो गरेका छन् । एमालेका नेता सहित उम्मेद्वारहरूकाे टोलीले घरदैलो गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments