दमकमा गीता अधिकारी: गठवन्धनमाथि भारी

0
120

दमक, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार बनेकाहरुबारे हाल सर्वत्र चासो बनेको छ ।

दमकमा एमालेले निवर्तमान उपप्रमुख समेत रहेकी एमाले केन्द्रिय सदस्य गीता अधिकारीलाई नगर प्रमुखको उम्मेद्वार बनाएको छ । सादगी र समन्वयकारी नेताको छवि बनाएकी अधिकारी अहिले सत्ता निकटका दलहरु सहित राप्रपा समेतको गठवन्धनका लागि भारी बनेकी छन् ।

को हुन्, गीता अधिकारी

गीता अधिकारी २०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा होमिएकी हुन् । शिक्षण पेशा संग संगै उनले राजनीतिलाई समेत निरन्तरता दिईन् । उनले २०४७ साल देखि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनको करिब दुई महिना अघि सम्म दमक बहुमुखी क्याम्पसमा अध्यापन गराईन् । उनी क्याम्पसमा सहप्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएकी थिईन् । उनी लगत्तै क्याम्पस प्रमुखको लाईनमा थिईन् । उनले यस अघिनै दमक नगरपालिकाको उपप्रमुख हुनु अघिनै नेपाल बुद्धिजिवी परिषद् झापाको उपाध्यक्ष, दुई कार्यकाल सम्म एमाले दमक नगर समिति सदस्य अनेमसंघ जिल्ला सल्लाहकार सदस्य, तथा नेपाल प्रगतिशिल प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पसको इकाई अध्यक्ष समेत भएर काम गरिसकेकी थिईन् । दमकको प्राज्ञिक र बौद्धिक क्षेत्रमा सम्मानजनक स्थान हाँसिल गरेकी उनी, हातैमा आउँदै गरेका अवसरहरुलाई समेत मायाँ मारेर स्थानीय तहको नेतृत्वमा होमिएकी हुन् ।

जनप्रिय छवि
स्थानीय तहमा उपप्रमुखको भुमिका निर्वाह गरे देखिनै उनले जनप्रिय छवि कायम गरेकी छन् । दमकमा हिंशामा परेका महिलाहरुका लागि सुरक्षित गृह सञ्चालन, कोभिड महामारी नियन्त्रणका लागि अग्रणी भुमिका निर्वाह, दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालको अध्यक्ष भएर यसको स्तरोन्नती र भौतिक पूर्वाधार विकासमा उनले खेलेको भुमिका दमकबासीका लागि जाहेर छ ।

गठवन्धन भित्रका दलहरुमानै रहेको आन्तरीक कलह तथा असमभदारीका कारण एक्लै निर्वाचनको मैदानमा रहेको एमाले र एमालेका प्रतिनिधीका लागि दमकमा विजयी प्राप्ति थप सहज बन्दै गएको छ । उम्मेद्वारी दर्ता गराए पछि समेत सत्तागठवन्धन विचमा बढ्दै गएको अविश्वास र दुरीका कारण एमालेले पनि विगत देखि कायम रहेको विरासत कायम राख्ने अवसर कायमै रहेको सत्तागठवन्धनकै कतिपय नेताहरुले बताउँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here