झापामा चार पत्रकार चुनावी मैदानमा

0
284

झापा, । स्थानीय तह निर्वाचनका लागि झापामा चार जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् । गौरादह नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल पौड्याल चुनावी मैदानमा उत्रिएका छन् । उनी स्टार एफएमका प्रबन्ध निर्देशक तथा मिडिया नेपालका केन्द्रीय अध्यक्ष हुन् ।

यता बिर्तामोड नगरपालिकाको उपप्रमुखमा तीर्थ सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दैछन् । उनी अढाई दशकदेखि पत्रकारितामा छन् । सिग्देल नेपाल पत्रकार महासंघ झापा शाखाको सदस्य पनि हुन् ।

उता बुद्धशान्ति गाउँपालिका वडा न. १को अध्यक्षमा अनिल वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी नेपाल पत्रकार महासंघ झापा शाखाको कार्य समिति सदस्य हुन् । उनी पूर्वेली साप्ताहिकमा आवद्ध छन् ।

त्यस्तै अर्जुनधारा–११को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीबाट पत्रकार सुरज प्रधान चुनावी मैदानमा छन् । प्रधान केही बर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।

यता जिल्लाको माइपश्चिम क्षेत्रका तीन जना पत्रकार उम्मेदवार बन्ने चर्चा आएपनि पछि भने उम्मेदवार बन्नबाट पछाडि हटेका छन् । पार्टी भित्र गठबन्धनको भागवण्डामा वडा अन्य पार्टीलाई छाड्नु पर्ने भएपछि सिफारिस भएका पत्रकारहरुले उम्मेदवार वन्नबाट रोकिएका छन् ।

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य समेत रहेका विष्णु सुब्बा कांग्रेसबाट कमल ५ को वडाअध्यक्ष, प्रेस यूनियनका जिल्ला सदस्य आत्माराम राजवंशी कांग्रेसबाटनै गौरीगन्ज ६ को वडाध्यक्षमा उम्मेदवार बन्न सिफारिस भएपनि तालमेलको निर्णय अनुसार उम्मेदवारबाट पछि हटेका हुन् । यस्तै , प्रेस चौतारीका १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली पनि एमालेबाट कमल ६ का वडाध्यक्ष उम्मेदवार वन्न पछि हटेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here