नेपाली कंग्रेस परित्याग गरेको केहि समयमै वडा अध्यक्षको टिकट

0
1112

शिबसताक्षी । झापा शिबसताक्षी ६का नेपाली कंग्रेसका वडा उपसभापति सन्तोष कुमार इजमले पाटी परित्याग गरेको केहि समयमा नै अध्यक्षको टिकट पाएका छन ।

उनले नेकपा एकीकृत समाजबादी पाटीबाट ६ नं वडा अध्यक्षको टिकट पाएका हुन । सयौ नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्बाचन अधिकृतको कार्यलय शिबसताक्षीमा गएर इजमले वडाध्यक्षमा आफ्नो उमेद्धारी दर्ता गराएका हुन ।

उनलाई नेकपा एकीकृत समाजबादीका बागमती प्रदेश कमिटी सदस्य कमल साप्कोटा , शिवसताक्षी नगर अध्यक्ष नबिन इजमले पाटीमा स्वागत गरेका थिए ।

बिद्यार्थी जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिमा सकृय रहेका इजम वडाको निर्बाचित उपसभापति हुन । लामो समय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग, तपस्या, बलिदान, संघर्ष गर्दै आएपनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए ।

नेता इजम जनमत भएका प्रभावशाली नेताको रुपमा परिचित छन् । पाटीले आफुलाई बेवास्था गर्दै आफु निकटलाई टिकट दिए पछि आफुले बैकल्पिक शक्तिको रुपमा नेकपा एस रोज्नु परेको बताए । आफुले नेकपा एसबाट वडाको अध्यक्षमा जिम्मेवार पाएकोले वडाबासीले साथ दिएर बिजय गराएमा यस वडालाई नगरको नमुना वडाको रुपमा बिकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here