शिवसताक्षीमा गराए २ सय ४५ जनाले उमेद्धारी मनोनयन दर्ता

0
257

शिवसताक्षी । झापाको शिवसताक्षीमा सोमबार २ सय ४५ जनाले उमेद्धारी मनोनयन दर्ता गराएका छन ।

सोमबार निर्बाचन अधिकृतको कार्यलय दुधेमा ८ जनाले मेयर र ५ जनाले उप–मेयरमा उमेद्धारी मनोनयन दर्ता गराएको निर्बाचन अधिकृत ऋषि पौडेलले जानकारी दिएका छन । उनका अनुसार मेयर पदमा नेकपा एमाले बाट मेघाहाङ थोप्रा ९रोशन०, नेपाली कांग्रसबाट पर्शुराम डुङगना, नेकपा एकीकृत समाजबादीबाट , कोपीला न्यौपाने, राष्ट्रिय जनमुक्तिबाट देबीकुमार शेर्मा ,संघिय लिम्बुवान राष्ट्रिय मञ्चबाट प्रकाश लिङदेन,उन्नत लोकतन्त्रीक पाटीबाट डाक्टर रामकृष्ण ताजपुरिया, र जनता समाजबादीबाट पवन चाम्लिङले उमेद्धारी मनोनयन दर्ता गराएको निर्बाचन अधिकृत पौडेलले बताए । नगरप्रमुखको लागी आइतबार राष्ट्रिय प्रजातन्त्र पाटीबाट मणीप्रसाद खड्का र मौलिक जरो किलोपाटीबाट उमाकान्त सिटौलाले उमेद्धारी मनोनयन दर्ता गराएका थिए ।

त्यसतै उम–मेयरमा नेकपा एकीकृत समाजबादीबाट नबिन इजम , नेकपा एमालेबाट नरमाया कार्की , नेकपा माओबादी केन्द्रबाट महेन्द्र भट्टराई, राष्ट्रिय जनमुक्तिबाट भिमकुमारी योङहाङ, उन्नत लोकतान्त्रीक पाटीबाट ,श्रृजना मैनालीले उमेद्धारी दर्ता गराएको निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उप–मेयरमा आइतबार राष्ट्रिय प्रजातन्त्रपाटीबाट बिष्णुमाया चम्लागाई (रोजी ) को उमेद्धारी मनोनयन दर्ता भइसकेको निर्बाचान अधिकृतको कार्यलयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यलयमा आइतबार २ मेयर र १ उपमेयर सहित ८५ जनाले उमेद्धारी मनोनयन दर्ता गराएका थिए ।
Govin

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here