कमल गाउँपालिकामा गठबन्धनका उम्मेदवार हुकुमसिंहको नेतृत्वमा उत्साहजनक मनोनयन

0
209

दमक/झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले आज (सोमबार) उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन ।

२०७४ को स्थानीय चुनावमा एमालेसंगको प्रतिस्पर्धामा बराबर मतको टक्कर दिएर गोलाप्रथाबाट बाहिरिएका हुकुमसिंह राईको नेतृत्वलाई समर्थन जनाउँदै यसपटक संयुक्त गठबन्धनका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका हुन ।

गाउँपालिका अध्यक्ष राई, उपाध्यक्षमा माओवादी केन्द्रका युवा नेता तथा सहिद रमेश सुबेदीका भाई पर्शुराम सुवेदीले मनोनयन दर्ता गराएका छन ।

त्यसैगरी गठबन्धनका तर्फबाट वडा नं १ को वडाअध्यक्षमा केदार कटुवाल ( नेपाली काङ्ग्रेस ) .सदस्यमा चैतन्य प्रसाद चौलागाई ( नेपाली काङ्ग्रेस ), भोला दुलाल ( लिम्बुवान) सदस्य बाल कुमारी प्रसाईं ( नेपाली काङ्ग्रेस ) र दलित महिला सदस्य- कमला बि.क ( माओवादी केन्द्र )ले उम्मेदवारी दर्ता गराएका छन । वडा नं २ को वडाअध्यक्षमा अशोक सुब्बा ( ने.क.पा. एकीकृत समाजवादी ) सदस्यहरुमा महेन्द्र खत्री ( नेपाली काङ्ग्रेस ), भिम कार्की ( लिम्बुवान ) कल्पना राई ( माओवादी केन्द्र र दलित महलिा सदस्यमा- सोमाया दर्जी ( नेपाली काङ्ग्रेस )को उम्मेदवारी परेको छ । त्यस्तै वडा नं ३ को वडाअध्यक्षमा गौरीमान फागो ( नेपाली काङ्ग्रेस ) सदस्यहरुम खगेन्द्र प्रसाद बाह्रकोटी ( ने.क.पा. एकीकृत समाजवादी ) बसन्त योङ्हाङ ( लिम्बुवान ), अमृता लामा र दलित महिला सदस्यमा- हुमा देबि रम्तेल ( नेपाली काङ्ग्रेस )ले मनोनयन दर्ता गराएका छन ।

वडा नं ४ को वडाध्यक्षमा सुर्य प्रसाद यक्पाङ्देन ( लिम्बुवान ) सदस्यमा- सुक्र लावती ( माओवादी केन्द्र), डम्बर गुरुङ ( नेपाली काङ्ग्रेस ) बिमला राई ( ज.स.पा. )ले उम्मेदवारी दिएका छन ।

वडा नं ५ को वडाअध्यक्षमा लाल बहादुर बिष्ट ( माओवादी केन्द्र ).सदस्यहरुमा आइत बहादुर सम्बाहाम्फे ( नेपाली काङ्ग्रेस ), खेमनाथ गुरागाई ( ने.क.पा. एकीकृत समाजवादी ) तिला खरेल ( नेपाली काङ्ग्रेस ) र दलित महिला सदस्यमा ललिमाया दर्जी ( नेपाली काङ्ग्रेस )ले मनोनयन दर्ता गराएका छन । वडा नं ६ को वडाध्यक्षमा प्रेम कुमार राई ( ज.स.पा.), .सदस्यहरुमा बहादुर ताजपुरिया ( ज.स.पा.), ओम पराजुली ( नेपाली काङ्ग्रेस ) र भगिरथा ढकाल ( एकीकृत समाजवादी ) र दलित महिला सदस्यमा सुशीला बि.क. ( माओवादी केन्द्र ) ले उम्मेदवारी दिएका छन । वडा नं ७ को वडाध्यक्षमा राम कुमार गुरुङ ( माओवादी केन्द्र ) सदस्यहरुमा जगत सम्बाहाम्फे ( ज.स.पा. ) होम नाथ निरौला ( नेपाली काङ्ग्रेस ) नैना कला सेढाई ( नेपाली काङ्ग्रेस ) र दलित महिला सदस्यमा अम्बिका बस्नेत पुर्कुटी ( माओवादी केन्द्र )ले उम्मेदवारी दिएका जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here