मधुमल्ला गोल्डकप : उद्घाटन खेलमा युके एफ सी कर्शाङ बिजयी

0
195

मधुमल्ला/  मोरङको मिक्लाजुङमा इस्ट स्टार स्र्पोटिङ क्लबको आयोजनामा शुक्रबार बाट सुरु भएको प्रथम मधुमल्ला गोल्डकप २०७९ को उद्घाटन खेलमा रोयल  स्पोटिङ क्लब दमकलाई २–१ को अन्तरले हराउँदै युके एफ सी कर्शाङ बिजयी भएको छ ।

युके एफ सी कर्साङका लागि खेल सुरुभएकोको १४औं मिनेटमा जर्सी नम्बर १४ का खेलाडी विक्कि राईले १ गोल गर्दै टिमलाई अग्रता दीलाए । यस्तै खेलको १९ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी सौरब तामाङले गरेको अकर्षक प्राहारले जाली चुम्दै खेललाई २–० को अन्रतले अग्रता दिलाए ।  यस बिचमा रोयल स्र्पोटिङ दमकले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन ।

मध्यान्तर पछिको  ५२ औं मिनेटमा रोयल स्र्पाेटीङ दमकका जर्सी नम्बर ४ का खेलाडी जोनले  गरेको आकर्षक प्राहारले जाली चुम्दै खेललाई २–१ को अवस्थामा पु¥याए । मध्यान्तर पछी निक्कै आक्रमक खेल खेलेको रोयलले अन्य केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन ।

 शुक्रबार भएको खेलमा म्यान अफ द म्याच विजयी टीम युके एफ सी कर्साङका युगल तामाङ  घोषित भए उनले नगद तिनहजार सहित म्यन अफ द म्याचको उपाधी प्राप्त गरे ।       शुक्रबारबाट सुरु भएको प्रतियोगितामा  भारतको  १  र  नेपालका ७ गरी  ८ टीमको  सहभागिता रहेको  खेल संयोज सागर लुइटेलले बताए ।

     शनिबारको खेल जलथल फुटबल क्लब झापा र राष्ट्रिय जागृती फुटबल क्लब इटहरि सुनसरिबीच मध्यान्न ३ बजे बाट मनोहर जनता मा. वि. मिक्लाजुङ ७ को खेल मैदानमा हुने आयोजक इस्ट स्टार स्पोटिङ क्लव मधुमल्लाका सचिब प्रकाश श्रेष्ठले जानकारि दिए ।

     प्रतियोगिताको विजेताले तिन लाख  र उपविजेताले एक लाख पचास हजार रुपैँया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 शुक्रबारको उद्घाटन  खेलमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का आर्थिक मामीला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले खेलका रेफ्रीलाई मदन काफ्लेलाई फुटबल दिएर खेलको उद्घाटन  गरेका थिए ।  खेलमा उल्लेख्य मात्रामा मिक्लाजुङ क्षेत्रका राजनैतिक दलका प्रतिनिधीहरु, संघ संस्था प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here