हजारौं दर्शक लाई नचाउँदै नेपथ्यले सुरु गर्यो नयाँ वर्ष

0
210

दमक । काेराेना महामारीपछि नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको पहिलो कार्यक्रम दमकमा सम्पन भएको छ। २०७९ वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई नेपथ्यले संगीतमय बनायो ।

दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा भएको नेपथ्यको कार्यक्रम हेर्न पुगेका ५ हजार बढी दर्शक युवा देखि वृद्ध सम्म सङ्गीतमा रमाएका थिए । यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा कार्यक्रम गरेको थियो ।

नेपाली साङ्गीतिक आकाशमा छुट्टै पहिचान बोकेको नेपथ्यले ‘संगीतप्रेमी दर्शकहरुका निम्ति सब्य र भब्यता पूर्वक तयारी गरेको थियो । कडा सुरक्षा व्यवस्थापन सहित स्टेज, डिजिटल डिस्प्ले र लाइटको संयोजनले थप रौनकता थपेको थियो ।

नेपाली टच तथा ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्षको पुगेको अवसरमा नेपथ्य लाई यसरी खुल्ला मैदानमा उभ्याएको हो ।

दमकमा नेपथ्यको पाँचौ प्रस्तुतिका रूपमा रहेको यो कन्सर्टमा गायक अमृत गुरुङले नेपथ्यको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ देखि तालको पनि, भेडाको उनजस्तो, रेसम, छेक्यो छेक्यो लगाएत गीतहरू गाएका थिए । उनले बीच बीचमा देशको माया गर्न र देशका विभिन्न स्थान घुम्न आफ्नै पारामा अनुरोध गरी रहे । उनले नेपाली मादल लाई विश्वासमा वैज्ञानिक तवरले प्रचार गरेर नेपाली बाजाको पहिचान गर्न समेत सुझाए ।

लामो समय पछि भएको नेपथ्यको साङ्गीतिक कार्यक्रम हेर्न दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह लगायतका स्थानका दर्शकहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here