भायानेटका ग्राहकले मिदासइ-क्लास निःशुल्कचलाउन पाउने

0
224

काठमाडौं, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकभायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवात कर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदासइ-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।

नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणितपाठ्यक्रम रहेको मिदासइ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ।विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रमहरुरहेको यो सेवाले अनलाइन सिकाई लाइ अझ सहज र रमाइलो बनाउँछ। मिदासइ-क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस.इ.इनजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई  योसहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।

भायनेटले वैशाख २०७९ सम्म आफ्नो ग्राहकलाईमिदास इ-क्लासएक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदासइ-क्लास दाबि गर्नुपर्नेछ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here