प्रदेशकै पहिलो खाद्य परिक्षण प्रयोगशाला दमकमा

0
109

दमक / झापाको दमकमा स्थानीय तहमा प्रदेशमै पहिलो पटक खाद्य परिक्षण प्रयोगशाला उद्घाटन गरिएको छ ।

देशमै स्थानीय तहमा पहिलो पटक खाद्य परिक्षण प्रयोगशाला संचालनमा ल्याएको दावी गरेको नगरले आफ्नै स्रोतमा प्रयोगशाला संचालनमा ल्याएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

ओलीले नगरबासीको स्वास्थ्य सुधारमा अव आफै सक्षम भएको बताउनु भयो । उहाँले नगरमा उत्पादित बस्तु र बाह्यबाट आयात बस्तुको परिक्षण गरी अखाद्य भेटिए कानुन बमोजिम कार्वाही र त्यस्ता उत्पादकको विवरण सार्वजनिक समेत गरिने बताउनु भयो । उहाँले अझै गुणस्तरीय विषादी समेत परिक्षण गर्ने ल्याव स्थापना गर्ने आफ्नो सोच भए पनि यथेष्ट बजेट नभएको र प्रदेश तथा संघीय सरकारले सहयोग गरे सवै खाले खाद्य सामाग्री परिक्षण गर्ने प्रयोगशाला निर्माण गरिने बताउनु भयो ।

२५ लाख बजेटमा स्थापना भएको ल्यावले पहिलो चरणमा दुध, तेल तथा अन्य बजारका खाद्य सामाग्रीमा भएका पौष्टिक तत्वहरुको मात्रा पता लगाउन सक्ने खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताउनु भयो । न्यौपानेले संभवत नेपालमै स्थानीय तहले पहिलो पटक निर्माण गरेको प्रयोगशालाले धेरै नागरिकको स्वास्थ्य सुधारमा टेवा पुग्ने बताउनु भयो । लामो समय देखि संचालनमा ल्याउन प्रयास गरेको प्रयोगशालाले अव बजारमा आएका खाद्यन्यको परिक्षण गर्न विनियिम बनाएर शुरु गरिने नगरपालिकाका निमित्त अधिकृत उपसचीव दिनेशकुमार न्यौपानेले बताउनु भयो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here