८ औं दमक फुड फेस्टिबल आज बाट सुरू हुदै

0
236

दमक/होटल व्यवसायी संघ दमकले गर्दै आएको फुड फेस्टिबल आज बाट सुरू हुदैछ ।

संघले स्थानीय विभिन्न जातजाती विशेष परमपरागत तथा मौलिक खानेकुराहरुको संरक्षण गर्दै व्यवसायिक प्रवद्र्धनको मुख्य उद्धेश्य राखेर यो बर्ष पनि ८ औं फुड फेस्टिबलका रुपमा ७ दिन सम्म महोत्सव आयोजना गर्ने निधो गरेको हो ।

संघले  चैत्र २३ गतेदेखी २९ गते सम्म सञ्चालन गर्न लागिएको खाना महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातीका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको अलग अलग स्टल राखिने महोत्सव आयोजना गर्ने समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

दमक ७ स्थित वडा कार्यालयसंगै आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातीको मौलिकता झल्काउने परम्परागत नाचसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहनुका साथै महोत्सवका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक दिपक फुयाँलले जनाए ।

करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने र फेस्टिवलमा २५ लाख बढिको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको संयोजक फुयाँलले बताए । फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने  जनाइएको छ ।

सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
फुड फेस्टिबलमा सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here