दमकमा चैत्र २३ गतेदेखी २९ गते सम्म फुड फेस्टिबल, खानाकाे परिकार संगै सांगितिक कार्यक्रम

0
138

दमक/होटल व्यवसायी संघ दमकले गर्दै आएको फुड फेस्टिबल ( खाना महोत्सव) लाई यस बर्षपनि निरन्तरता दिने भएको छ ।


संघले स्थानीय विभिन्न जातजाती विशेष परमपरागत तथा मौलिक खानेकुराहरुको संरक्षण गर्दै व्यवसायिक प्रवद्र्धनको मुख्य उद्धेश्य राखेर यो बर्ष पनि ८ औं फुड फेस्टिबलका रुपमा ७ दिन सम्म महोत्सव आयोजना गर्ने निधो गरेको हो ।

संघले आज ( आइतबार) हाम्रो दमक फनपार्कमा पत्रकार सम्मेलन गरेर यसका बारेमा सार्वजनिक गरेको हो । विभिन्न परिकारहरुको स्वाद चखाउँदै जातीय संस्कार र पहिचानअनुसारको खाना खुवाएर पर्यटकीय विकासमा जोड दिने उदेश्यले चैत्र २३ गतेदेखी २९ गते सम्म सञ्चालन गर्न लागिएको खाना महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातीका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको अलग अलग स्टल राखिने महोत्सव आयोजना गर्ने समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

दमक ७ स्थित वडा कार्यालयसंगै आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातीको मौलिकता झल्काउने परम्परागत नाचसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिए । महोत्सवका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक दिपक फुयाँलले जनाए ।

करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने र फेस्टिवलमा २५ लाख बढिको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको संयोजक फुयाँलले बताए । फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here