दमक गोल्डकपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग

0
227

दमक / अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन दमक नगर नगर कमिटिले दमक गेल्डकपको प्रवेश शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरेका छन् ।

दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चम्लागाँइलाई दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु दमक नगर कमिटिका अध्यक्ष तपस दुलालले भने  अनेरास्ववियुले विद्यार्थीले  धेरै पैसा कमाउने र खर्च गर्न सक्ने अवस्था नभएकाे कारण विद्यार्थीका  हकहितमा हामी बोल्दै र काम गर्दै आएका छौं, हाम्रै दमकमा यस्तो विशेष र भव्य कार्यक्रममा विद्यार्थीलाई जोड्न आवश्यक छ ।  त्यसका लागि विद्यार्थीलाई उत्साहित बनाउन पनि हामीले प्रवेश शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरेका छाै l

ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष चम्लागाँईले विद्यार्थीको सवाल छुट  माग उचित भएकोले  खेल आयोजक समितिले विषयमा छलफल गरी जानकारी दिने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here