✍ जिवन चुडाल
मिक्लाजुङ / रोटरी क्लब अफ दमकको निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
मिक्लाजुङ ७ स्थित मनोहर जनता आधारभूत विद्यालयमा भएको शिविरमा दमक स्थित विर्ताज्योती आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क रूपमा आँखा परिक्षण गरि आवश्यक औषधी, चस्मा र अप्रेशन समेत निशुल्क रुपमा प्रदान गरिएको थियो ।
क्लबका अध्यक्ष भरत चापागाईंको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य रहेका थिए । कार्यक्रममा उपाध्यक्ष सरला राई वडा नम्बर ७ का वडा अध्यक्ष सुशील चौहान लगायतको आतिथ्यता रहेको थियो ।
उक्त आँखा शिविर बाट पालिकाका ४५५ जना लाभान्वित भएको रोटरी क्लबका सचिव झलराज गौतम राजुले जानकारी दिए । मिक्लाजुङ ७ वडा कार्यालयको व्वस्थापन भएको कार्यक्रमको संयोजन गंगा प्रसाद काफ्लेले गरेका थिए । दमकमा रहेको रोटरी क्लब अफ दमकले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।