अब विदेशी पर्यटक नेपाल आउँदा फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने

0
121

काठमाडौं । अब विदेशबाट आएका पर्यटकले समेत फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्ने भएका छन् । यसका लागि बिहीवार भिसा नेटवर्क र फोनपेबीच एक सम्झौता भएको छ ।

सम्झौतासँगै अब भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा क्यूआर कोडबाट वित्तीय कारोबार गर्न पाउने छन् । नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा समेत पुर्‍याएको हो ।

यसका लागि भिसा इनेबल भएको बैंकिङ एप आवश्यक पर्ने जनाइएको छ । यसका साथै भिसा नेटवर्कको ‘एमभिसा’ एप प्रयोगकर्ताले समेत भुक्तानी गर्न सक्नेछन् । यो सेवाले नेपाललाई डिजिटल रुपान्तरणमा लैजान सहयाेग पुग्ने विश्वास फाेनपेले लिएको छ ।

फोनपेले केही समयअघि खल्ती, प्रभुपे जस्ता स्थानीय भुक्तानी सेवा प्रदायकलाई समेत आफ्नो नेटवर्कमा भित्र्याएको छ । आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट गर्ने जनाइएको छ ।

यो सुविधासँगै भिसा नेटवर्क प्रयाेगकर्ताले साना-साना तरकारी पसलदेखि ठूलाठूला मल, होटल, रेष्टुरेन्टहरुमा सहज रूपमा क्यूआर भुक्तानी गर्न पाउने फाेनपेले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here