नेपाल खेलकुद महासंघले सार्वजनिक गर्यो विभिन्न कार्यक्रम, बजेट निकास रोक्का प्रति आपत्ति

0
125

नेपाल खेलकुद महासंघ १ न.प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष राजकुमार थापाले परमादेशबाट बनेको सरकारले राजनीतिक प्रतिरोध राखेर बजेट रोक्का गरेको आरोप लगाएका छन् ।

पत्रकार मञ्च दमकमा खेलकुद महासंघ १न. प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले अवैधानिक तरिकाले खेलकुद विकास बोर्ड, सबै जिल्लाको जिल्ला खेलकुद बिकास समितिको सकारले बजेट निकास रोक्का गरेको आरोप लगाएका हुन् ।

 

राजनीतिक पूर्वाग्रह राखेर खेलकुद बिकास बोर्ड र जिल्ला खेलकुद समितिहरुको बैक खाता रोक्का गर्ने काम गलत भएको भन्दै यस समस्याको निकास खोज्न सरकारलाई अध्यक्ष थापाको आग्रह छ ।

झापाको विर्तामोडमा फागुन २१ गते भएको खेलकुद महासंघको प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष थापाले पत्रकारहरुको प्रश्नको जवाफ दिदै राजनीतिक आस्थाका आधारमा खेल क्षेत्रमा भेदभावकारी काम गरी रहे प्रदेश सरकार विरुद्ध जस्तो सुकै कदम उठाउन पछि नपर्ने चेतावनी दिएका छन् ।

जिल्ला खेलकुद विकास समितिहरुको सरकारले बैंक खाता रोक्का गर्ने गलत कामको भण्डाफोर गर्न खेलकुद महासंघले प्रेस विज्ञप्त जारी गरेर सबैलाई आग्रह गरेको छ ।
प्रदेश खेलकुद महासंघको आयोजना मा यही चैत २५ र २६ गते मोरङमा कराते प्रतियोगिता ,विराटनगरमा वडास्तरीय फुटवल प्रतियोगिता,चैतमै भोजपुर जिल्लामा पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने खेलकुद महासंघ प्रदेश सचिव जितेन थापाले जानकारी दिनु भयो ।

२०७९ बैशाखमा सङखुवासभामा कराते, सोलुखुम्वुमा महिला भलिवल, झापामा म्याराथुन, किक बक्सिङ लगायतको प्रतियोगिता हुने खेलकुद महासंघ द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा प्रमुख नेकपा एमाले १न. प्रदेश सदस्य अम्विका खनालले खेल र पार्टी बिकास युवा हरुको भूमिका र महत्वको बिषयमा बोलेका थिए । सो अवसरमा नेकपा एमाले दमक नगर अध्यक्ष गेहनाथ पोख्रेल, प्रेस चौतारी केन्द्रीय सदस्य द्धय टीकाराम उप्रेती, मिन प्रकाश उप्रेती,नेपाल खेलकुद महासंघ झापा जिल्ला अध्यक्ष भवानी बराल लगायतको उपस्थिति रहेको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here