समाजवादी प्रेस संगठन झापाकाे अध्यक्षमा अनिलदेव

0
150

दमक/ समाजवादी प्रेस संगठन झापाको जिल्ला कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् ।

मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । अध्यक्ष राई दुई दशकदेखि झापाली पत्रकारितामा सक्रिय छन । तत्कालिन धरमपुर गाविसका स्थायीबासिन्दा उनले प्रदेश एकबाट प्रकाशन हुने विभिन्न छापा माध्यममा सक्रिय पत्रकारिता गरेका थिए ।

उनी हाल हाम्रो सरोकार डटकमका सम्पादकका रुपमा कार्यरत छन । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन तथा कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चुनिएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको सो संगठनका १ नम्बर प्रदेश इञ्चार्ज तिर्थ सिग्देलले संगठन निर्माणका क्रममा विभिन्न जिल्लामा यतिबेला धमाधम कमिटी गठन भइरहेको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here