नेपाल आइपुग्यो ८ लाख मात्रा एस्ट्राजेनिका खोप

0
174

काठमाण्डाै – बेलायतले नेपाललाई दिने २१ लाख मात्रा कोरोनाविरुद्धको खोपमध्ये आठ लाख मात्रा आज साेमवार काठमाण्डौ आइपुगेको छ ।

कतार एअरलाइन्समार्फत आठ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिनुभएको छ । बाँकी १३ लाख मात्रा खोप छिटै आइपुग्ने पनि उहाँले बताउनुभएको छ ।

नेपाललाई खोप सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । बेलायतले नेपाललाई कोभ्याक्स सुविधामार्फत खोप दिएको हो ।

नेपालमा खोप महत्त्वपूर्ण भएको र खोपको सकारात्मक नतिजा देखिएकाले बेलायतले नेपाललाई सहयोग गरिरहने पनि राजदूत पोलिटले बताउनुभएको छ । उज्यालाेअनलाइन

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here