जाल्पा सामुदायिकको आइपीओ २२ लाख २६ हजारले भरे, कति कित्ताको लागि पर्यो आवेदन ?

0
197

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा २ अर्ब ७४ करोड १२ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) दिउँसो ४.५० बजेसम्म २२ लाख २६ हजार ९६९ जना आवेदकबाट २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।

कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा मंगलबार (माघ २५ गते) सम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here