नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्वाचित

0
199

दमक/ नेकपा एमाले झापाको अध्यक्षमा सर्वसम्मत रुपमा दीपक कार्की निर्वाचित भएकाछन् ।

नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । अध्यक्षमा कार्कीको मात्र उम्मेद्वारी परेको हो ।

१५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी छ । अध्यक्षमा कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् ।

दूई पटक संविधान सभा सदस्य भइसकेका कार्की यसभन्दा अघि नै अध्यक्षको रुपमा चर्चा रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here