शिवसताक्षी नगर भेट्रान फुटबल, वडा नं. ९ विजयी

0
163

शिवसताक्षी । झापाको शिवसताक्षीमा भइरहेको दोस्रो संस्करणको ‘शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि वडा नं. ९ ले कब्जा गरेको छ ।

शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भएको वडा स्तरीय भेट्रान खेलमा वडा नम्बर ९ ले वडा नम्बर.१० लाई ० का बिरूद १ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफको १७ मिनेटमा वडा नं ९ का सन्तोष थापाको पास लाई सदुपयोग गर्दै विनोद खरेलले गोल गरी टीम लाई अग्रता दिलाए। उक्त गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच विजेता टीमका विनोद खरेल घोषीत भए । यस्तै सर्वोकृष्ट खेलाडी विजेट टिमका सत्यनारायण चौधरी घोषित भए । त्यसरीनै सर्वाधिक गोलकर्ता वडा नम्बर ८ का केशन्त शर्मा घोषीत भए । त्यस्तै प्रतियोगिताको जेष्ठ खेलाडी वडा नं ८ कै बम बहादुर राई सम्मानित भए

प्रतियोगिताको फाइनलमा दुवै टोलीमा अनुभवी पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको को थियो l शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वडा नम्बर १ ले कब्जा गरेको थियो ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण–पत्र पाए भने उपविजेताले ३० हजार सहित ट्रफी मेडल र प्रमाण–पत्र वितरण गरिएको आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बुले बताए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here