शिवसत्ताक्षी नगर भेट्रान फूटबल : वडा नं ९ विजयी

0
201

झापा । झापा शिवसताक्षीमा जारी दोस्रो शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रतीयोगिताको फाइनल खेलमा वडा नम्बर ९ र १० बीच भिडन्त हुने भएको छ ।

प्रतियोगिता अन्तर्गत आजको अन्तिम सेमीफाईनल खेलमा वडा नम्बर १ लाई २-१ गोल अन्तरले पाखा लगाउँदै वडा नम्बर ९ ले फाइनलको यात्रा तय गर्दै वडा नम्बर १० सँगको भेट पक्का गरेको हो ।

शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा प्रस्तावित फूलबारी रंगशालामा भईरहेको खेलमा आज फाइनल यात्रा को लागि वडा नम्बर ९ का जीवन गिरी र विनोद खरेलले १/१ गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै तर्फ बाट गोल लगाउने अवसर हरु धेरै गुमाएका थिए ।

पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको १८ मिनेट र २१ मिनेटमा क्रमस जीवन गिरी र विनोद खरेलले गोल गरेका थिए । भने पराजित टिमका तर्फबाट कुमार जोशीले ३१औं मिनेटमा ३० यार्ड टाडा बाट हानेको गोलले जाली चुमआउँदै गोल अन्तर काम गरेका थिए । आजको खेलको प्लेयर अफ दि म्याच जितेन तुम्बाफो घोषित भए । फाइनल खेल १७ गते शनिबार २:३० बजे हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए । निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ ।

दुवै टोलीमा पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि आजको खेललाई महत्वको साथ हेरिएको छ। यस प्रतियोगिता को बिजेताले नगद ५० हजार रुपैयाँ सहीत ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले ३०हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here