सदस्यलाइ असल संस्कार र स्वस्थ्य जीवनशैली सिकाउदै एनएमसी

0
192

बिर्तामोड / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ । बिर्तामोड–१०स्थित संस्थाको सैनिक बजार सेवाकेन्द्रअन्तर्गत एकाई नम्बर २ का उपस्थित सम्पूर्ण शेयर सदस्यहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकबजार कार्यालयत उपसमिति सदस्य टिकाराम दंगालले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य तथा बिर्ता–अर्जुन क्षेत्रीय संयोजक डम्बरबहादुर बस्नेतले असल संस्कार र स्वस्थ्य जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए। यसअघि कार्यालय प्रमुख सन्तोष ढुंगानाले एनएमसीको परिचय, यसको वर्तमान अवस्था,सदस्यलाई प्रदान गरिने सेवा सुविधासहित संस्थाको वित्तीय झलक प्रस्तुत गरेका थिए।

सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहकारीका १३० भन्दाबढी सदस्य तथा गैरसदस्यहरुको सहभागिता रहेको बजार प्रतिनिधि चन्द्रबहादुर राईले जानकारी दिए।

कार्यक्रममा सहभागीका तर्फबाट टेकबहादुर देवान, कमल बुढाथोकी, ओमकुमारी राई, राम भण्डारी र कर्णबहादुर मुखियाले तालिमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट बिर्तामोड–१० बैदारबस्ती शिवालय मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण बराल र सचिव कमल बुढाथोकीलाई कुर्सी हस्तान्तरण गरिएको थियो। कार्यालय प्रमुख सन्तोष ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा सरसफाईसमेत गरिएको कर्मचारी पवन मैनालीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here