दमक र बिर्तामाेडकाे सफल्ता पछि थकालि किचन एण्ड बार कन्याममा

0
409

इलाम /  दमक -५ मा रहेको थकाली किचन एण्ड बारले इलामको कन्याममा पनि आफनो शाखा विस्तार गरेको छ ।

झापा दमकका युवा ब्यवसायी तथा सामाजिक अगुवा दिवस राईले दमकको थकाली किचन पछि आफ्नो तेश्रो शाखाकाे रुपमा पर्यटकीय स्थल ईलामको कन्याममा कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरेकाछन् । दमक, बिर्तामोडपछि उनले ईलाममा आफ्नो शाखा शुरु गरेकाहुन् ।

पुर्वमा थकाली खानाका लागि उनले शुरु गरेको थकाली किचन लोकप्रीय रहेको छ । थकाली खानपीनका पारखीहरुको सुविधाका लागि पूर्वकै पर्यटकीयस्थल कन्याममा थकाली किचन सञ्चालनमा ल्याईएको सञ्चालक राईले बताए ।

२०७२ सालमा दमकमा शुरुवात गरेका थकाली किचनले २०७६ सालमा झापाको बिर्तामोड र  कन्याममा आफनो सेवा विस्तार गर्न सफल भएकाे भन्दै  राईले पर्यटकीय स्थल कन्याममा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि लक्षित गरेर कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरेको जनाएकाछन् ।

छोटो समयमानै ग्राहकहरुको मन जित्न सफल उक्त थकाली किचन खानपीन तथा सांगीतिक मनोरञ्जनको सुविधालाई झन सुढृण र व्यवस्थित गर्न सदैव प्रतिवद्ध रहेको सञ्चालक राईले दावी गरेका छन् ।

बिर्तामाेड
दमक

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here