मेयर पदका उम्मेदवारबाट गगन पुरीलाई समर्थन

5245

 दमक/ झापाको दमक नगरपालिकामा स्वतन्त्र तर्फका मेयरका पदका उम्मेदवार अर्जुन बुढाथोकीले नेकपा माओवादी केन्द्रका गगन पुरीलाई समर्थन गर्ने घोषणा गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै आफुले उठाएका सबै मुद्धा मिलेकाले बिकास प्रेमी युवा नेता गगन पुरीलाई समर्थन गर्दै आफ्नो चुनाव चिन्ह्र क्यामरामा छाप लगाउने सम्पुर्ण मतदातालाई गोलाकार भित्रको हसिँया हथौडामा मतदान गर्न समेत आग्रह गरेका छन् । बिज्ञप्तिमा उल्लेख गरिएको छ । बुढाथोकीले आफ्नो उम्मेदवारीमा सहयोग समर्थन गर्ने सम्पुर्ण दमकबासीलाई समेत गगन पुरीको नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका छन् । नेपाल बिद्यार्थी संघका झापा जिल्ला सभापति समेत भइसकेका वुढाथोकी पछिल्लो समय राजनीतिमा युवा पुस्ताको पलायन भएको भन्दै आफुले स्वतन्त्र तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्