प्रथम दमक ३ वडा अध्यक्ष कप : पथरी स्पोर्टिङ्ग क्लव विजयी

0
251

दमक/दमक ३ मा सम्पन्न वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधी पथरी स्पोर्टिङ क्लबले जितेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा आयोजक दमक ३ को खेलकुद बिकास समितिलाई पेनाल्टीमा हराउँदै पथरी स्पोटिङ क्लव विजयी बन्निएको छ । प्रतिस्पर्धात्मक सो खेलमा आयोजकका तर्फबाट पहिलो हाफको २७ औं मिनेटमा सौरभ लिम्बुले एक गोल गरेका थिए भने पथरीका तर्फबाट विशाल पाण्डेले दोस्रो हाफको ३५ औं मिनेटमा जवाफी गोल फर्काएर खेललाई बराबरीमा पुरयाएका थिए । बराबरीको अवस्थामा नियमानुसार खेलाइएको पेनाल्टीमा पथरीले उपाधीमाथि कब्जा जमाएको हो ।

उपाधी विजेता पथरीले नगद १ लाख ११ हजार रुपैयाँ र आयोजकले ५५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल हात पारेका छन । विजेता तथा उपविजेता टिमलाई दमक ३ का वडाध्यक्ष नबिन बराल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव समेत रहेका एमाले नेता इन्द्र भण्डारी लगायतले पुरस्कार तथा ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।

आयोजक दमक ३
पथरी स्पोर्टिङ्ग क्लव
प्रमुख अतिथि तथा अतिथिहरु

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here