उत्कृष्ट करदातालाई सम्मान गर्दै दशौं राष्ट्रिय कर सप्ताह समापन

0
155

दमक / झापाको दमकमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आन्तरिक राजश्व कार्यालयले दमकले आज दशौं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन गरेको छ ।

“ स्वेच्छिक कर सहभागिता अभिवृद्धि ः सुशासन विकास र समृद्धि” मन्ने मुल नाराका साथ २०७८ साल मंसिर १ गते बाट सुरु भएको दशौं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको आज समापनका अवसरमा लाईफलाईन अस्पताल दमकका सन्चालक बालचन्द्र सुब्बालाई आर्थिक वर्ष २०७७/०७८ मा सवै भन्दा बढी आयकर तिरेको भन्दै सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यलयले कर सप्ताहका अवसरमा स्वेच्छिक कर सहभागिता अभिवृद्धि ः सुशासन विकास र समृद्धि” शिर्षकमा वक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा प्रथम दमक मल्टिमल क्याम्पसका गंगा प्रसाद खतिवडा द्वतिय युनिक कलेज दमककी छात्रा राधिका खत्री तथा तृतिय दमक मल्टिमल क्याम्पसकी निरुपा थापालाई कार्यलयले सम्मानपत्र सहित नगद द्वारा सम्मान गरिएको कार्यलयले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालयले दमकका प्रमुख करअधिकृत डमरु प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अतिथी दमक उध्योग संघका अध्यक्ष गोकुल श्रेष्ठ, कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here