सामाजिक सेवाकै लागि म राजनीतिमा आउन चाहेकी हु : रमा लिम्बु

0
187

दमक / दमकको सामाजिक तथा व्यवसायिक क्षेत्रमा परिचित रमा लिम्बु कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा चर्चाको केन्द्रमा रहेकी युवा पुस्ताकी उदाउँदो नेतृ हुन । दुई दशक अघिदेखि व्यवसायिक यात्रा शुरु गरेकी दमक १ निवासी लिम्बु राजनीतिक क्षेत्रमा उदाउँदो नेतृ मानिन्छिन ।

महिला सम्बद्ध विभिन्न अधिकारवादी संघ संस्थाका अतिरिक्त दमक उद्योग वाणिज्य संघमा पहिलो पटक पदाधिकारीका रुपमा महिलाका रुपमा उभ्याएकी रमालाई युवा पुस्ताको सक्रिय नेतृका रुपमा लिइन्छ । उनले आसन्न १४ औं महाधिवेशनमा आदिवासी जनजाती महिला समुह तर्फबाट क्षेत्र नं ५ को महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छिन । सामाजिक सेवाकै लागि मैंले राजनीतिमा आउन चाहेकी हुँ । राजनीतिलाई पेशा बनाउने मैंले राजनीति रोजेकी हुँ । अबका दिन कांग्रेसको र राजनीति मार्फतनै समाजमा योगदान दिन मैंले उम्मेदवारी सोच बनाएकी हुँ – रमाले भनिन ।

को हुन रमा लिम्बु ?

दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै हाल तृतीय उपाध्यक्षको रुपमा छिन । दमकमा उद्योग वाणिज्य संघ स्थापनाको २७ बर्षे लामो इतिहासमा संघको पदाधिकारीमा दुई बर्ष अघि मात्रै लिम्बु निर्वाचित भएकी हुन । उनी राष्ट्रिय महिला अधिकार मञ्च दमकको नगर अध्यक्ष तथा सौन्दर्यकला व्यवसायी संघ झापाको कोषाध्यक्ष पनि हुन ।

दमकमा सौन्दर्यकला व्यवसायबाट आफनो व्यवसायिक यात्रा शुरु गरेकी उनी अहिले लगानीकर्ताको रुपमा समेत पहिचान बनाउन सफल भएकी छिन । स्वास्थ्य तथा अन्य रोजगारमुलक क्षेत्रमा उनले लगानीकर्ताको रुपमा चिनिएकी रमा निम्स नेशनल हस्पिटल प्रालिकी कोषाध्यक्ष पनि हुन । उनी रोटरी क्लबमा समेत आवद्ध रहेर सामाजिक गतिबिधिमा सक्रिय छिन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here