राजनीति गरिखानका लागि होइन सेवाका लागि गरौं – बबरजंग थापा ( किरण )

0
210

दमक /  दमक ५ निवासी बबरजंग थापा किरण पूर्व क्षेत्रको व्यवसायिक तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो ।  थापा नेपाली कांग्रेस दमकको पार्टी कार्यालय रहेको जग्गाको दाता परिवारका सदस्य हुन  ।

दमकमा कांग्रेसको भौतिक जग बसाल्न थापा परिवारले गरेको योगदान सधैं स्मरणीय छ । त्यही परिवारका सदस्य थापा पार्टीले अन्य प्रतिस्पर्धी दलसंग चुनाव लडदा होस वा सामाजिक , व्यवसायीक संघ संस्थाहरुका निर्वाचनमा सशक्त योगदान गर्दै आएका छन । बुबा स्व. खडगबहादुर थापाको स्मरण गर्दै बबरजंग भन्छन– हिजोका दिनमा बुबाले जुन सपना देखेर र उद्धेश्य राखेर पार्टीलाई सहयोग र योगदान दिनु भयो आज उहाँको त्यो सपना पूरा गर्न पनि हामीले कांग्रेसको राजनीतिलाई माथि बढाउन थोर बहुत सक्रियता देखाउनु परेको छ ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा झापा क्षेत्र नं ५ बाट खस आर्य समुहमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्नुपरेको औचित्यबारे उनले थप प्रष्टयाउँदै भने– म त्यति साह्रो सक्रिय राजनीति गर्न खोज्ने वा चाहने मान्छे त होइन तर समयले मलाई यो बाटोमा डोहोरयायो मैंले उम्मेदवारी दिने निधो गरेको छु । थापाले आफू कांग्रेसको राजनीतिमा सक्रिय भएको कारण कतै संसदीय फाँटको चुनावमा अघि बढन खोजेको हो कि भन्ने आशंका नेता, कार्यकर्ताहरु माझ उब्जिएको भए त्यसलाई हटाउन पनि आग्रह गरेका छन । उनले भनेका छन – म पछि वडा, नगर वा क्षेत्रका कुनै पनि निर्वाचनमा उम्मेदवार बन्दिन म पार्टीमा सकेको दिन चाहन्छु तर लिन चाहदिँन । नेपाल लोकतान्त्रिक व्यवसायी संघ दमकको संयोजक समेत रहेका थापा व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याएर व्यवसायीको नेतृत्व गर्न सफल भएका व्यवसायी नेता हुन ।

उनले संघको तृतीय उपाध्यक्ष सम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन । संघमा अरु पनि साथीहरु आउनु भयो, म व्यवसायसंगै लायन्स अभियानमा पनि जोडिए त्यसकारण वाणिज्य संघको नेतृत्व गर्ने यात्रामा मेरो ब्रेक लाग्यो – थापाले भने । हामी सेवा गर्छौ भन्ने मूल नारासहित विश्वव्यापी रुपमा विस्तार भइरहेको अन्तराष्ट्रिय सञ्जाल भएको लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहेर देशव्यापी सामाजिक अभियानको नेतृत्व गर्दै आएका थापा राजनीतिलाई गरि खाने आधार बनाउने होइन गरिखान सक्ने भएपछि सेवा गर्ने आधार बनाउनु पर्छ भन्ने मान्यता राख्छन । उनले आफूले यस क्षेत्रमा निरन्तर राजनीतिक, व्यवसायिक तथा सामाजिक क्षेत्रमा रहेर गरिरहको कामको पार्टी नेता, कार्यकर्ताहरुले मुल्याङकन गर्ने उचित समय आएकोले उचित निर्णय लिदैं आफूलाई विजयी गराउने छन भन्नेमा विश्वस्त रहेको थापाको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here