कान्छो वडाध्यक्ष मनोज खुलाल, कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार

0
199

२०७४ को स्थानीय तहको निर्वाचन परिणामपछि एकाएक झापामा चर्चा योग्य बनेका पात्र हुन शिवसताक्षीका मनोज खुलाल । नेपाली कांग्रेसको तर्फबाट शिवसताक्षी नगरकै केन्द्र विन्दु मानिने शिवगञ्ज बजारका स्थायीबासिन्दा खुलाल शिवसताक्षी ६ को वडाध्यक्षमा निर्वाचित भए ।

उनी झापाका १३१ वटै वडामा निर्वाचित भएका सबै वडाध्यक्षहरु मध्येका कान्छो उमेरका हुन् । राजनीतिमा युवा पुस्ताको आकर्षण हुन् नसकिरहेको र देशभरको चुनावी परिणाम कांग्रेसका लागि सुखद नभइरहेको अवस्थामा खुलालले वडाध्यक्षमा निर्वाचित भएर कांग्रेसको साखलाई उचो बनाउन केही हद सम्म भएपनि सहयोग पुरयाएका थिए । सो नगरपालिकामा कांग्रेसका तर्फबाट खुलाल र अधिकचन ताजपुरिया वडाध्यक्षमा निर्वाचित भएका थिए सिंगो कार्यपालिकामा ६ जना निर्वाचित भएका थिए । वडाध्यक्षमा निर्वाचित भएपछि उनले युवा पुस्ताका जनप्रतिनिधिको अलग पहिचान छोडन सफल मानिन्छन् ।

टोल टोलमा स्वास्थ्य परिक्षण शिविर, लकडाउन प्रभावितहरुका लागि राहत , लकडाउनको पालना , महिला तथा ज्येष्ठ नागरिकहरु र युवा लक्षित कार्यक्रमहरु ल्याएर जिल्लामा उदाहरणीय जनप्रतिनिधिको पहिचान बनाएका छन उनले । बिकास निर्माणका योजनाहरु बनाउने र कार्यान्वयन गराउनमा सक्रियता पूर्वक संघीय सरकार सम्म पहलकदमी लिदैं आएका छन्।

 

खुलाल यतिबेला झापाको क्षेत्र नं ६ मा कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधि चुनिन प्रतिस्पर्धाको दौरानमा छन् । कांग्रेसमा रुपान्तरण र परिवर्तनका लागि युवाहरुको साथ र बुढापाकाको आशिर्वाद भन्ने मुल नारा लिएर खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका मनोजको उम्मेदवारलाई यस क्षेत्रमा महत्व साथ हेरिएको छ । दमक बहुमुखी क्याम्पसमा अध्ययनको सिलसिलामा नेविसंघको नेतृत्व गरेर बिद्यार्थीहरु माझ लोकप्रियता हासिल गरेका उनको राजनीतिक उचाई अग्लो बनाउने आफनो प्रयत्नलाई जारी राखेका छन् ।

कांग्रेसमा युवा पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको बताउने खुलाल भन्छन– पार्टीमा अलग अलग समुह हुनु स्वभाविक हो विपक्षीसंगको चुनावी प्रतिस्पर्धामा भने कांग्रेस एक ढिक्का भए निकट भविष्यमा हुने सबै चुनावमा पार्टीको जित सुनिश्चित छ । युवा पुस्तालाई पार्टीमा आकर्षित गराउने संगसंगै परिचालन र व्यवस्थापनको पनि स्पष्ट खाका बनाएर अघि बढनुपर्ने अहिलेको आवश्यकता भएको खुलालको बुझाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here