राजनीतिलाई सेवा गर्ने माध्यम ठानेकी छु – रेगिना भट्टराई

0
257

रेगिना भट्टराई प्रसाइँ नेपाली कांग्रेस झापाको वृत्तमा स्थापित नेतृ हुन । राजनीतिसंगै सामाजिक क्षेत्रमा अलग किसिमको पहिचान बनाएकी उनी २०७४ को स्थानीय निर्वाचनमा दमक नगर उपप्रमुख पदकी उपविजेता पनि हुन । देशभर कांग्रेसको पक्षमा चुनावी माहोल आउन नसकिरहेको बेला उनले दमक नगरको उपप्रमुख पदमा एमालेकी गीता अधिकारीसंग कडा टक्कर गरेकी थिइन ।

राजनीतिलाई सेवाको माध्यम बनाएर अढाई दशक अघि देखि दमकमा क्रियाशील नेतृ प्रसाइँले कांग्रेसको १४ औं महाधिवेशनका लागि झापा क्षेत्र नं ५ मा खुल्ला महिला समुहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीको घोषणा गरेर चुनावी मैदानमा छिन् । पार्टीका कृयाकलापहरुमा सशक्त र सक्रिय रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी भट्टराईको उम्मेदवारीले यो क्षेत्रमा छुट्टै किसिमको चर्चा पाएको छ ।

१३ औं महाधिवेशनबाट समेत महिला कोटामा महाधिवेशन प्रतिनिधि चुनिएकी भट्टराई नेपाल महिला संघ झापा क्षेत्र नं ५ की सभापति पनि हुन । उनले यस क्षेत्रमा दुई कार्यकाल सम्म महिला संघको नेतृत्व सम्हालेकी छिन । पार्टीलाई जनतासंग जोडने अभियानमा सधैं अग्रसर रहने गरेकी भट्टराई शैक्षिक व्यक्तित्वका रुपमा समेत परिचित छिन । शैक्षिक र वित्तिय क्षेत्रमा लगानीकर्ताको पहिचान बनाएर युवा पुस्तालाई स्वदेशमै स्वरोजगारका प्रशस्त अवसरहरु सिर्जना गर्न महत्वपूर्ण भुमिका खेल्दै आएकी भट्टराई दमक बहुमुखी क्याम्पस सञ्चालक समिति, युनिक कलेज, रोजिएज बोर्डिङ स्कूल, दर्पण बचत तथा ऋण सहकारी संस्था लगायतमा आवद्ध छिन् । ति संस्थालाई नेतृत्व प्रदान गर्दै आएकी उनले दमक जेसीजमा समेत सफल नेतृत्व गरिसकेकी छिन् ।

लायन्स क्लब आफ दमक सेविकाको संस्थापक अध्यक्ष भएर मानवीय सेवामा आफूलाई सशक्त रुपमा अघि बढाइरहेकी भट्टराईले कांग्रेस महाधिवेशन प्रतिनिधिमा आफनो उम्मेदवारीको औचित्यबारे प्रष्टयाउँदै भनेकी छिन– जनताका हर सुख दुखको पार्टी कांग्रेस हो भन्ने जनतालाई अनुभूति गराउने नेतृत्व नआए सम्म यो क्षेत्रमा कांग्रेसले निर्वाचन जित्न सक्दैन । त्यसैका लागि मेरो उम्मेदवारी हो । लामो इतिहास बोकेको कांग्रेस पार्टीको विगतमा योगदान गरेका अग्रजहरुलाई सम्मानजनक स्थान दिइनु पर्ने र नयाँ पुस्तालाई सक्रियताका आधारमा अवसर प्रदान गर्दै जानुपर्ने उनको बुझाई छ ।
कांग्रेसमा योग्यता, सक्रियता र निरन्तरताका आधारमा कार्यकर्तालाई स्थान दिइनुपर्ने उनको धारणा छ । पार्टीमा सुदृढिकरण र महिलामा सशक्तिकरण भन्ने नारासहित आफू कांग्रेसको चुनावी अभियानमा लागेको बताउँदै उनले भनिन– सबैबाट साथ , सहयोग र समर्थनको अपेक्षा गरेकी छु ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here