राजेश हमालले गाए गीत, सार्वजनिक भयाे ‘मन बुढो भएन’

0
417

चैतन्य बराल ✍    काठमाडौं । अभिनेता राजेश हमाल आफैँले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैँले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बुढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैँले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए । आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको स्मरण गर्दै उनले गायक बनाउन सहयोग गरेकोमा गीतकार शर्मा र निर्देशक पाण्डेलाई धन्यवाद दिए ।

हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु भाग्यको विषय भएको प्रतिक्रिया दिइन् । उनले अवसरका लागि निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here