दमकमा खुल्याे पहिलाे फनपार्क

0
161

दमक/ झापाको दमक चोकबाट करिब अढाई किलोमिटर उत्तर भाङबारीमा दशैंको सन्मुख पारेर दमक फनपार्क सञ्चालनमा आएको छ ।

दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिको करिब १३ करोड रुपैयाँको लागतमा साढे ६ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको फनपार्क लगानीकर्ता युवाहरुका माता पिताले संयुक्त रुपमा पूजा अर्चना गरेर आज ( सोमबार) देखि सञ्चालनमा ल्याएका हुन ।
यसको ग्राण्ड ओपनिङ भने केही समय पछि गरिने प्रालिले जनाएको छ । सो प्रालिले फनपार्कका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाटमा फनपार्कका प्रथम सञ्चालक विप्लव दंगालले दशैंमा दमकबासी र दमक आउने पाहुनालाई मनोरञ्जनपूर्ण नयाँ गन्तव्य दमकमै रहेको सन्देश दिन पादशैंको अवसर पारेर फनर्क खुल्ला गरिएको जानकारी दिए । आफनै पार्कको ६ कठ्ठा बढी क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित शुरु भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु रहेको छ ।

जहाँ इन्द्रणी रंगको मनोरम दृश्यसहित बोटिङ गरेर मात्रै पुग्न सकिन्छ । यो टापुमा आकर्षक कलाकृतिहरुको सजावट छ । त्यहाँ पुगेर सेल्फी खिच्ने, टिक टक बनाउने कृयाकलाप गर्न सकिनेछ भने पार्क भित्र बालबालिकाहरुलाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । जहाँ तेन्जेङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको दृश्य निर्माण गरिएको छ । बन्यजन्तुहरुका कलाकृति पनि यहाँ देख्न सकिन्छ भने तिहारपछि स्विमिङ पूल समेत सञ्चालनमा ल्याइनेछ ।

पार्क भित्रै स्तरीय रेष्टुरेँन्ट पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दंगालले बताए । होटल तथा पर्यटन व्यवसायका अनुभवी युवाहरु संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको अध्यक्ष दंगालले बताए ।

सो फनपार्कमा दंगालद्धयसंगै दमकका सफल युवा व्यवसायीहरु दिपेन्द्र ढुंगेल, दिपक पौडेल, पुष्प खनाल, किशोर खनाल, कुमार खनाल लगायत ११ जनाको संयुक्त लगानी रहेको प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । पहिलो दिन फनपार्कमा निशुल्क प्रवेशको व्यवस्था गरिएको र अन्य दिनमा जनही एक सय तथा बिद्यार्थीहरुको सामुहिक भ्रमणमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here