रोटर्याक्ट क्लबको “मेरो महिनावारी” कार्यक्रम सम्पन्न

0
329

दमक / रोटर्याक्ट क्लब अफ दमकको आयोजना र आशा प्रोजेक्टको सहकार्यमा “मेरो महिनावारी” कार्यक्रम दमक ३ को ताराबारी डिपु चोकमा रोटर्याक्ट दमककी अध्यक्ष रोटर्याक्टर सपना कन्दङ्गवा को अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आमा तथा किशोरीहरु लाई पुन: प्रयोग गर्ने प्याड बनाउने तालिम दिई उक्त प्याड बितरण गरिएको छ। पहिलो चरण मा सोही स्थानमा महिनावारी र यस्का अन्य सम्पुर्ण विषयका बारेमा जानकारी दिईएको थियो भने दोस्रो चरणमा भने सोही सहभागीहरु साथसाथै रोटर्याक्ट दमकका सदस्यहरुलाई सहित गरि ३० जना किशोरी तथा आमाहरुलाई पुनः प्रयोग हुने प्याड बनाउन योग्य बनाईयो, सहभागीहरुलाई तालिम दिई सहजकर्ता को भुमिका निर्वाह धरानकी पुष्पा कट्वालले  गरेकी थिइन् ।

अबका दिनहरुमा बजारमा पाईने अन्य प्याडहरु भन्दा यस्तै प्याडहरु नै प्रयोग गर्ने किशोरिहरुको भनाई थियो भने आमाहरु ” बुढेसकाल मा भएपनी सिक्न पाईयो” भन्दै खुसी ब्यक्त गरेका छन् ।

हामिले पहिलो पटक कार्यक्रम गर्दै दोस्रो चरण गर्ने बाचा गरेका थियौ र यहाँ का सम्पुर्ण आमा तथा दिदिबहिनीहरुलाई पुन: प्रयोग हुने प्याड बनाउन योग्य बनाउने हाम्रो उदेश्य पूरा भएको कार्यक्रमकी संयोजक सबिता लिम्बूले बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here