रोट्याक्ट क्लब अफ दमकले तेस्रो लिङ्गीको मुद्दामा रहेर नाटक बनाउदै

0
288

झापा,दमक दमकमा रहेर परोपकार समाजसेवा नेतृत्वविकास भातृत्व बिकास पर्यावरण संरक्षण शैक्षिक बिकास तथा अन्य सेवा मुलक कार्य गर्दै आइरहेको रोट्याक्ट क्लब अफ दमकले यो वर्ष फरक फरक मुद्दा तथा विषयमा रहेर काम गरिरहेको छ । आफ्नो वार्षिक योजना अनुसार क्लबले तेस्रो लिङ्गीहरुको आवाजलाई नाटक मार्फत उठाउन लागेको छ ।

कदम थिएटरको प्राविधिक सहयोगमा नाटक यहि असोज २१ देखि २६ गते सम्म सन्चालन गरिने अध्यक्ष सपना लिम्बुले जानकारी दिनु भएको छ ।२०५० सालको वरिपरिको समय र तत्कालीन अवस्थामा तेस्रो लिङ्गीहरुले समाजमा भोगेका समस्याहरुलाइ नाटकमा प्रस्तुत हुनेछ ।

प्रकाश अधिकारीको कथा तथा लेखन रहेको प्रस्तुत नाटकलाई सागर खातिले निर्देशन गर्दैछन्।प्रस्तुत नाटकका लागि कदम थिएटर चुलाचुली रङ्गमन्च र धुलाबारीका विभिन्न कलाकारले अभिनय गर्दैहुनुहुन्छ ।दमक नगरपालिका ,बुक बस ,लिड नेपाल र दमक उद्योग वाणिज्य सघको सहयोगमा नाटक निर्माण गरिएको आयोजकले जानकारी गराएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here