दमकको झापा मोडलमा प्रयोगात्मक विज्ञानसंग सम्वन्धित २ दिने कार्यशाला गोष्ठी सम्पन्न

0
189

दमक / झापा मोडल अंग्रेज़ी मा वि दमक ०८ मा असोज ९ र १० गते विद्यार्थीहरूमा वैज्ञानिक खोज र अनुसन्धानको स्तर वढाउँन रिसर्च ईन्स्टीच्यूट फ़र वायोसाईन्स एण्ड वायो टेक्नोलोजी र ईंगेज नेपाल विथ साईन्सको संयुक्त प्रयासमा वृटिस काउन्सिल वेलायत र सोसाइटी फर एप्लाईड माईक्रोवाईलोजी वेलायतको अनुसन्धान अनुदानमा विज्ञान अध्ययनमा रूचि राख्ने विभिन्न तहका विद्यार्थीहरूलाई सकारात्मक लाभ पुग्नेगरि “मिट द माईक्रोब्स ” दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ।

मिट द माईक्रोब्स कार्यक्रममा विद्यार्थीहरूले मानव जातिले सेवन गर्ने हरेक खानामा व्याक्टेरियाको भूमिका , फ़ायदा र वेफायदाको विष्लेषण गर्नुका साथै हानिकारक व्याक्टेरियाका वेफायदा के के हुन्छन्?यसले मानव स्वास्थ्य प्रणालीमा के असर पार्दछ? भन्ने वारेमा विद्यार्थीले पर्याप्त जानकारी लिने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए।

यही समयमा विद्यालयमा जलवायु परिवर्तन सम्वन्धी स्थापना भएका विभिन्न यन्त्रहरू मध्ये सिओटू( कार्वनडाईअक्साईड) को मापन कसरी गरिन्छ,तापक्रमको मापन कसरि गरिन्छ,वायु प्रदूषणको मात्रा कसरि मापन गरिन्छ,पानीमा प्रदूषणको मापन कसरि गर्न सकिन्छ, वर्षाको पानी कसरि मापन गरिन्छ , यी यावत मापन कुन कुन ईकाईमा गर्ने भन्ने वारेमा विद्यार्थीले प्रयोगशालामा आफैले प्रयोग गरेर सिक्ने अवसर प्राप्त गरे।

दुईदिने कार्याशाला गोष्ठीमा विद्यार्थीहरू गौरादह नगरपालिका स्थित फाईकस वायोटेकमा सहभागी वनी टिश्यू कल्चर ल्यावको अवलोकन गरि टिश्यू कल्चर प्रकृयाको जानकारी समेत लिने अवसर प्राप्त गरेको प्रिन्सिपल श्रेष्ठले वताए ।

यही अवधिमा रिबका अध्यक्ष प्रज्ज्वल भण्डारीले कक्षा८देखि १२ सम्मका विद्यार्थीहरूसंग स्कोप अफ वायोटेक्नोलोजी विषयमा “करियर टक”कार्यक्रम समेत संचालन गरेको वताईएको छ ।

“मिट् द माईक्रोब्स “ संचालन गरेर विद्यार्थीलाई लाभान्वित गराउन प्रज्ज्वल राजभण्डारी(अध्यक्ष रिब) , शुभेच्छा वास्तोला(पव्लिक ईंगेजमेन्ट मैनेजर रिब)रोजलिना मानन्धर( को ईन्भेष्टीगेटर रिब), मनिष वराल (ल्याब मैनेजर रिब) प्रतिमा तामांग ( रिसर्च ईन्टर्न )र क्षितिज श्रेष्ठ (फोटोग्राफर )ले झापा मोडल अंग्रेज़ी मा वि मा उक्त विभिन्न कार्यक्रम सहित दुई दिनसम्म कार्यक्रम संचालन गर्रेर विद्यार्थीहरूलाई विज्ञानसंग सम्वन्धित विभिन्न विषयमा ज्ञान र सीप प्रदान गरेको विद्यालयका प्रन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here