नेपाली कांग्रेस अधिवेशन : दमकमा तिन जनाले गराए उम्मेदवारी दर्ता कार्यकर्तामा देखियो उत्साह

0
393

दमक/ उत्साह, एकता र रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशन भन्ने मूल नारासहित शुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ( शनिबार ) गाउँ/ नगर अधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताका सिलसिलामा नेता, कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।

दमक ५ स्थित दिपीनि आधारभुत बिद्यालयमा बिहान १० बजेदेखि शुरु भएको निर्वाचन कार्यक्रम अन्तर्गत दमकमा चुनावी दौडमा रहेका तीन समुहका उम्मेदवार, पार्टी नेता, कार्यकर्ताहरुको भिडभाड देखिएको थियो । करिब १ बजे प्रकाश प्रसाइँ उम्मेदवारी दर्ताका लागि पुगेका थिए भने त्यसलगत्तै रोशन विष्ट नेतृत्वको समुह र करिब १.३० बजे पर्शुराम रिजाल नेतृत्वको समुह उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको स्थलमा देखिएका थिए ।

निर्वाचनस्थलमा संघीय सांसद समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बु पनि पुगेकी थिइन । सांसद लिम्बुले सञ्चारकर्मीहरु संगको कुराकानीमा कांग्रेसको यो महाधिवेशनले आम कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here