एकिकृत समाजवादीको दमक नगर कमटी घोषणा

0
315

दमक / नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले दमक नगर कमटी घोषणा गरेको छ । झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीको गृहनगर समेत रहेको दमकमा पहिलो पटक नगर कमिटी घोषणा गरिएको हो

महेश घिमिरेको अध्यक्षतामा रहेको नगरकमिटीमा हमला सिटौला, बिराट जवेगू र सुमन कार्की उपाध्यक्ष रहेका छन् । निर्मल लामिछाने सचिव रहेको नगर कमटीमा रोशन भण्डारी र अनिलदेव राई उपसचिव रहेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले नगरकमिटीको नामावाली घोषणा गरेका हुन् । पार्टीका केन्द्रिय सदस्य ईन्द्र बुढाथोकी, जिल्ला अध्यक्ष रेग्मी सहितका नेताहरुको उपस्थितीमा नवघोषित नगरकमिटीको सपथ ग्रहण पनि गराईएको छ ।

जिल्लामा पार्टी संगठन निर्माणलाई अघि बढाउने क्रममा दमकमा कमटी घोषणा गरिएको जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए । दशैं अघिनै झापाका आधा भन्दा बढि स्थानीय तहमा कमिटी घोषणा गरिने केहि जनसंगठन पनि निर्माण गरिने उनको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here