स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सुरु

0
223

झापा / दमक ६ स्थित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको कार्यालयमा संस्थापक अध्यक्ष बासुप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष रवि न्यौपाने सहितका पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । सो क्रममा संस्थाका अध्यक्ष न्यौपानेले गत आर्थिक वर्षमा कोरोना भाईरसको महामारीका कारण लामो समय कारोवार वन्द गर्नु परेको भए पनि ३६ प्रतिशतको हाराहारीका कारोवार वृद्धी भएको जानकारी दिए ।

६६ करोड रुपैयाँ भन्दा वढि वचत संकलन गरेको संस्थाले करिव ९० करोड रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन समेत सार्वजनिक गरेका थिए। संस्थाले झापा र मोरङ्का विभिन्न स्थानमा क्रमिक रुपमा सेवा केन्द्रहरु विस्तार गरि रहेको संस्थाका व्यवस्थापक कमल घिमिरेले बताए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here