दमकको झापा मोडल अंग्रेज़ी माविमा प्रयोगात्मक विज्ञानसंग सम्वन्धित २ दिने कार्यशाला गोष्ठी हुँदै

0
164

झापा / दमक ८ मा रहेको मोडल अंग्रेज़ी मा वि मा यही असोज ९ र १० गते विद्यार्थीहरूमा वैज्ञानिक खोज र अनुसन्धानको स्तर वढाउँन Rearch Institute for Bioscience and Biotechnology ( RIBB)र Engage Nepal with Science को संयुक्त प्रयासमा वृटिस काउन्सिल वेलायत र सोसाइटी फर एप्लाईड माईक्रोवाईलोजी वेलायतको अनुसन्धान अनुदानमा विज्ञान अध्ययनमा रूचि राख्ने विभिन्न तहका विद्यार्थीहरूलाई सकारात्मक लाभ पुग्ने गरि Meet the Microbes” दुई दिने कार्यशाला गोष्ठि हुने भएको छ।

Meet the Microbes कार्यक्रममा विद्यार्थीहरूले मानव जातिले सेवन गर्ने हरेक खानामा व्याक्टेरियाको भूमिका , फ़ायदा र वेफायदाको विष्लेषण गर्नुका साथै हानिकारक व्याक्टेरियाका वेफायदा के के हुन्छन्? यसले मानव स्वास्थ्य प्रणालीमा के असर पार्दछ भन्ने वारेमा विद्यार्थीले पर्याप्त जानकारी लिनेछन्।

यही समयमा विद्यालयमा जलवायु परिवर्तन ( Climatic change) सम्वन्धी स्थापना भएका विभिन्न यन्त्रहरू मध्ये co2 को मापन कसरी गरिन्छ,तापक्रम को मापन कसरि गरिन्छ,वायु प्रदूषणको मात्रा कसरि मापन गरिन्छ,पानीमा प्रदूषणको मापन कसरि गर्न सकिन्छ, वर्षाको पानी कसरि मापन गरिन्छ , यी यावत मापन कुन कुन ईकाईमा गरिन्छ? भन्ने वारेमा विद्यार्थीले प्रयोगशालामा आफैले प्रयोग गरेर सिक्ने छन् जनाइएको छ ।

यो कार्याशाला गोष्ठीमाविद्यार्थीहरू गौरादह नगरपालिक स्थित ficus Biotech मा Tissue Culture ल्यावको अवलोकन गरि Tissue Culture प्रकृयाको जानकारी लिने छन्।

यही अवधिमा अध्यक्ष प्रज्ज्वल भण्डारीले कक्षा८देखि १२ सम्मका विद्यार्थीहरू संग Scope of Biotechnology विषयमा Career talk कार्यक्रम संचालन गर्ने वताईएको छ । Meet the Microbes संचालन गरेर विद्यार्थीलाई लाभान्वित गराउन प्रज्ज्वल राजभण्डारी(अध्यक्ष RIBB) , शुभेच्छा वास्तोला(Public Engagement Manager RIBB), रोजलिना मानन्धर( Co investigator ( RIBB) , मनिष वराल (Research Associate RIBB) र क्षितिज श्रेष्ठ( Photographer) ले झापा मोडल अंग्रेज़ी मा वि मा उक्त विभिन्न कार्यक्रम सहित दुई दिनसम्म कार्यक्रम संचालन गर्ने विद्यालयका प्रन्सिपल सागर श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here