चिया बगानका मजदुरलाई खोप

0
186

झापा / मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताउए ।

बगान मजदुर तोकिएका खोप केन्द्रमा नआएकाले बिहीबार बगानमै स्वाथ्यकर्मी पठाइएको उनले बताए । दैनिक ज्याला गर्ने मजदुरमा कोभिड–१९को सङ्क्रमण बढी हुनसक्ने भएकाले मेचीनगर–१५ को वैभव र कालिका चिया बगान तथा , नगरक्षेत्रका डेरी उद्योग र सहकारीका कर्मचारीका लागि एक हजार ५०० खोपको मात्रा छुट्याइएको नगर प्रमुख आचार्यको भनाइ थियो । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार यसअघि नगरका उद्योगी, व्यवसायी, साना तथा हलुका सवारी साधनका चालक, विद्यार्थीलगायतलाई खोप लगाइएको थियो ।

नगरपालिकाले आइतबारदेखि वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । अभियानमा यातायात व्यवसायी, खेलाडी, क्यासिनो, होटलमा कार्यरत मजदुर, व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरसा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here