कांग्रेस दमकको सचिवका सशक्त उम्मेदवार प्राध्यापक रामचन्द्र अधिकारी

0
205

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने दमक नगर अधिवेशनमा चुनावी मैदानमा होमिएका तीन वटा प्यानल मध्ये पर्शुराम रिजाल नेतृत्वको टिमबाट नगर सचिवका रुपमा उम्मेदवारीको घोषणा गरेका सशक्त र प्रभावशाली उम्मेदवार हुन रामचन्द्र अधिकारी ( आरसी) दमकको २ नम्बर वडाका स्थायीबासिन्दा युवा नेतृत्व अधिकारी शैक्षिक/ प्राज्ञिक व्यक्तित्व हुन ।

सुझबुझसहितको राजनीतिका लागि नेतृत्वमा शैक्षिक योग्यताको बहस चलिरहँदा एक दशक अघिनै स्नातकोत्तर गरिसकेका अधिकारीकोे उम्मेदवारीले धेरै आशा जगाएको छ । उनले नर्थ बंगाल विश्व बिद्यालयबाट बीबीए र त्रिभुवन विश्व बिद्यालयबाट एमबीएस सम्मको अध्ययन पूरा गरिसकेका छन ।

उनी चुनावी मैदानमा होमिदै गर्दा आफूलाई पार्टीको एउटा सच्चा सिपाहीका रुपमा मात्रै परिचित गराउन चाहन्छन । अधिकारी भन्छन– मेरो शैक्षिक योग्यताको बिषय नै प्रमुख हुनुपर्छ भन्नेमा त म छैन , प्रतिनिधि मतदाता र यहाँका अग्रज नेताहरुले त्यसलाई आधार बनाउनु भएको अवस्थामा मैंले धेरै नेता कार्यकर्ताको मन जितेको अनुभूति गर्नेछु ।

मलाई यो पार्टी अधिवेशन विशुद्ध आन्तरिक मामिला भएका कारण यसमा कसैको जय वा कसैको पराजय हुन्छ जस्तो लाग्दैन । हामी सबैले अर्थात सिंगो कांग्रेसले जित्ने अधिवेशन हुनेछ भन्नेमा म विश्वस्त छु – अधिकारी भन्छन । यसमा कसैले यो वा त्यो गुटका नाममा हिलो छयापाछयाप गर्न नहुने उनको बुझाई छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास दमकमा आवश्यक भएको धारणा राख्ने उनी नेतृत्वले त्यो कसरत अझै पनि गर्न सक्ने धारणा राख्छन । सर्वसम्मतको प्रयास अझै पनि जारी छ त्यसो हुन नसकेको अवस्थामा पनि स्वस्थ प्रतिस्पर्धा हुनेछ र हुनुपर्छ – अधिकारी भन्छन ।

राजनीतिक रुपमा शंकरदेव बहुमुखी क्याम्पस काठमाडौं पढदै गर्दा नेविसंघबाट संगठित भएका अधिकारीले त्यहाँ संगठनको नेतृत्व समेत सम्हाले । अध्ययनका सिलसिलामा उनले दुई वटा क्याम्पसमा नेविसंघको इकाई सभापतिको जिम्मेवारी सम्हालिसकेका छन । सामाजिक रुपमा समेत उनी आफैंले आधारभुत शिक्षा हासिल गरेको ढुकुरपानी माविको भूपू बिद्यार्थीहरुको संस्थामा ढुुकुरपानी पूर्व बिद्यार्थी समाजका अध्यक्ष रहेका छन ।

स्थानीय खेलकुद तथा सामाजिक गतिबिधिहरुमा समेत आफूलाई सक्रिय बनाउँदै रोयल स्पोर्टिङ क्लबको अध्यक्ष समेत रहेका अधिकारी गत स्थानीय तहको निर्वाचनमा वडामा उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए । सिंगो नगरमा नेपाली कांग्रेसले निर्वाचन जित्न नसकिरहेका बेला उनले चुनावी हारलाई पनि सहजरुपमा लिएको उनको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here